काठमाडौ, १ असार । काठमाडौं उपत्यकाका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीले सरकारलाई एक ज्ञापनपत्र वुझाउदै आफ्नो स्थायी पुनःस्थापना र जमिनको स्वामित्व माग गरेका छन् ।
थापाथली, गैरिगाउँ, शान्तिनगर, जडिबुटी लगायतका क्षेत्रबाट हटाई कीर्तिपुरस्थित राधास्वामी सत्संग ुहोल्डिङ सेन्टरु मा राखिएको छ ।
उनहिरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका हुन्।
उचित विकल्प, कानुनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई तीन–चार पुस्तादेखि बस्दै आएको थातथलो भत्काएर जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन् ।
सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उल्लेख गर्दै पीडितहरूले समयमा उपचार नपाउँदा सेन्टरमै आश्रित भेषराज परियारले ज्यानगुमाउनु परेको र हाल अन्य बिरामी बालबालिकाहरू पनि अस्पतालको आइसियुमा छटपटाइरहेको बताएका छन् ।
