काठमाडौं, १२ चैत । पछिल्लो चौबीस घण्टामा २८९१ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
उक्त समयावधिमा थप सङ्क्रमितसँगै सङ्क्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केही दिन यता आइसोलेशनमा बस्नेको संख्यासमेत वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी चौबीस घण्टामा सक्रिय सङ्क्रमित १२१७ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ८५ जना सङ्क्रमित विसेक भएका छन् । यससँगै विसेक हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर