काठमाण्डौ,२६ फागुन । नेपाली कांग्रेस सप्तरी जिल्लाको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ ।

मंगलबार भएको निर्वाचनको परिणामा आज बिहीबार प्रप्त भएको छ । त्यस अनुसार साहले ११६ मतान्तरले निकटतम प्रतिद्वन्द्वी शत्रुद्यन यादवलाई पराजित गर्नुभएको हो ।

निर्वाचन समितिका अनुसार विजयी साहले एक हजार १८६ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी शत्रुद्यन यादवले १ हजार ७७ मत प्राप्त गर्नुभएको छ ।

सभापतिमा निर्वाचित साह कोइराला पक्षका हुनुहुन्छ ।

सप्तरीमा यसअघि शनिबार भएको निर्वाचनमा विवादपछि स्थगित भएको मतमदान मंगलबार गरिएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित हुनु भएको छ । उहाँ लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति हुनुभएको हो ।

विजयी यादवले एक हजार ४२६ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचित यादव देउवा पक्षको हुनुहुन्छ ।

सिराहामा सोमबार मतदान भएको थियो । निर्वाचनमा दुई हजार ४७५ मत खसेको थियो । जसमा १६० मत बदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर