रुस, ७ साउन । भ्रष्ट प्रहरी अधिकारीहरूविरुद्ध कारबाही गर्दा एउटा महलमा सुनको जलप लगाइएको शौचालय र अन्य सामग्री फेला परेको छ ।

रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरूको एउटा समूहलाई अनुसन्धानकर्ताहरूले पक्राउ गरेका छन्।

त्यसका लागि उनीहरूले धेरै ठाउँमा छापा मारेका थिए। तीमध्ये एउटा भव्य महलमा सुनको जलप लगाइएको शौचालय तथा अन्य विलासी सामग्रीहरू फेला परेका थिए।

जाँच समिति एसकेको वेबसाइटमा राखिएको भिडिओमा उक्त भवनभित्र अत्यधिक खर्च गरेर सजावट गरेको देखिन्छ।

पक्राउ पर्नेमा स्ट्राभ्रोपल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख आलेक्सी साफोनोभ र अन्य छ जना छन्।

व्यापार व्यवसाय गर्ने नक्कली अनुमतिपत्र जारी गरेर ती ट्राफिक प्रहरीले घुस लिएको आरोप लागेको थियो।

एसके भिडिओमा देखिएको यो हवेली आपराधिक समूहको भएको बताइएको छ


भिडिओमा देखिएको यो भव्य महल उक्त समूहको भएको बताइएको छ

त्यस्तो अनुमतिपत्र प्रयोग गरेका चालकले अनधिकृत रूपमा अन्न र निर्माण सामग्री बोकेका सवारीसाधन बिनाजाँच प्रहरी जाँचचौकीहरू वारपार गर्न पाएको बताइएको छ।

आरोपितहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।

उक्त भवनको भान्सामा पनि सुनका सामग्री छन्

रुसको उत्तर ककससका प्रहरी भ्रष्टाचारविरुद्धको उक्त अभियानमा संलग्न भएका थिए।

एसकेले आफूले ८० वटा स्थानमा खानतलासी गरेको बताएको छ। तिनमा ट्राफिक प्रहरीका कार्यालयहरू पनि थिए।

खानतलासीको क्रममा ठूलो मात्रामा नगद र विलासिताका महँगा सामग्री बरामद भएको बताइएको छ।

एसके रुसको अमेरिकाको एफबीआईजस्तै सरकारी निकाय हो।

उसले स्ट्राभ्रोपलमा सक्रिय उक्त समूहले वर्षौँदेखि घुस लिँदै आएको र त्यो रकम एक करोड ९० लाख बढी रुबल अर्थात् दुई लाख ५५ हजार डलरभन्दा बढी भएको बताएको छ।

एक नेताले भ्रष्ट प्रहरीहरूको समूहलाई माफिया गिरोहसँग तुलना गरेका छन्

दोषी पाइएमा साफोनोभले १५ वर्षको जेल सजाय पाउन सक्नेछन्। पक्राउ पर्नेमा उनका एक पूर्ववर्ती प्रहरी अधिकृत पनि छन्।

क्रेम्लिनसमर्थक यूनाइटेड रसिया पार्टीका एक सांसद आलेक्जान्डर खिन्श्तेनले उक्त क्षेत्रबाट ३५ जनाभन्दा बढी प्रहरी अधिकृतहरू पक्राउ परेको बताएका छन्।

उहाँले प्रहरीहरूको समूहलाई माफिया गिरोहसँग तुलना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर