काठमाडौ, २ असोज । जनमत पार्टीको अध्यक्ष पदमा सिके राउत निर्विरोध हुनुभएको छ ।
केन्द्रीय निर्वाचन समितिले प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन गरेअनुसार उहाँ निर्विरोध हुनुभएको हो ।
समितिका अनुसार अन्य ७ जना उपाध्यक्ष पदका लागि १४ जना उम्मेदवार छन्। १ महासचिवका लागि ३ जना, १ राष्ट्रिय उपमहासचिवका लागि २ जना र कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाको उम्मेदवारी परेको छ।
महाधिवेशनमा निर्वाचित हुन खसेको मतमध्ये कम्तीमा २० प्रतिशत मत ल्याएको हुनैपर्ने व्यवस्था छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज ५ गते हुनेछ।
असोज ९ गते केन्द्रीय कार्यकारिणी समिति बैठक र असोज १० गते वीरगञ्जमा महाधिवेशन र मतदान हुनेछ।
