काठमाडौ, २९ भदौ । बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गर्न आएका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज पक्राउ गरेको छ ।
अध्यक्ष तामाङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न सिंहदरबार आइपुगेका थिए।
बैठक सकेर सिंहदरबारबाट बाहिरिएका उनलाई प्रहरी वृत्त दरबारमार्गको टोलीले पक्राउ गरेको एसपी दानबहादुर थापाले जानकारी दिनुभयो ।
‘बैंकिङ कसुरसम्बन्धि मुद्दा अदालतमा दायर भएको रहेछ। अदालतमा उपस्थित गराउने प्रयोजनका लागि सिंहदरबारको बाहिर हनुमानथानमा फेला पारी नियन्त्रणमा लिएको रहेछ,’ उनले भने। एसपी थापाका अनुसार तामाङ ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चरका संचालक समेत हुन्।
