तेहरान, १७ भदौ । दक्षिणी इरानमा विवाह समारोहमा भएको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएपछि इरानका शीर्ष वार्ताकार मोहम्मद बाघेर गालिबफले अमेरिकालाई ‘महान् शैतान’ को संज्ञा दिनुभएको छ । घटनामा दर्जनौँ व्यक्ति घाइते भएको इरानी अधिकारीहरूले बताएका छन् ।

गालिबफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इजरायललाई संरक्षण गर्दै नागरिकमाथि आक्रमण गराएको आरोप लगाउनुभयो । उहाँले यसअघि मिनाबस्थित एक विद्यालयमा भएको आक्रमणलगायतका घटनामा बालबालिका र परिवारका सदस्य मारिएको उल्लेख गर्नुभयो । विवाह समारोहमा भएको आक्रमणपछि इरानले बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स र इराकको कुर्दिस्तान क्षेत्रलगायतका अमेरिकी सैन्य आधारलाई ड्रोन तथा क्षेप्यास्त्रबाट लक्षित गरेको बताइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड ९सेन्टकम०का प्रवक्ता टिम हकिन्सले अमेरिकी सेनाले नागरिकलाई कहिल्यै लक्षित नगर्ने दाबी गर्नुभयो । अमेरिकालाई ‘महान् शैतान’भन्ने शब्द इरानका संस्थापक रुहोल्लाह खोमेनीले सन् १९७९ मा प्रयोग गर्नुभएको थियो । त्यसयता इरानी नेताले अमेरिकालाई सम्बोधन गर्दा उक्त शब्द प्रयोग गर्दै आएका छन् । एएफपी

 

प्रतिक्रिया

सम्बन्धित खवर