काठमाडौं, २८ वैशाख । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।
वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेपछि त्यस निर्णय विरुद्ध आठ विद्यार्थी संगठनले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
