काठमाडांै ३ असार । क्रियाशीलपत्रकार महिला (डब्लुडब्लुजे) ले विज्ञप्ति जारी गरी ंसमाचारको विषयलाई लिएर आफ्नारामेछाप जिल्ला अध्यक्ष, पत्रकार महासंघ वागमती प्रदेश समितिको सदस्य तथा अन्नपूर्ण टाइम्सको सह(सम्पादक ज्ञानु श्रेष्ठलार्इ अपशव्द प्रयोग गरिएको विषयमाविरोध जनाएको छ ।

कोभिड(१९ विरुद्धको खोप दुरुपयोग भएको विषयलार्इ लिएर समाचार लेखेको भन्दै रामेछाप जिल्लाको रामेछाप नगरपालिका ६ स्थित जनकल्याण मा वि का शिक्षक ख्यान वहादुर श्रेष्ठले डब्लुडब्लुजेको रामेछाप जिल्ला अध्यक्ष, श्रेष्ठलार्इ अपशव्द प्रयोग गर्दै पत्रकारहरुलार्इ वाटोमा नै कुटपिट गर्नेसम्मको धम्कीदिएको थियो ।

विज्ञप्तिमा समाचार चित्त नवुझेमा कानुनी उपचार खोज्ने ढोका खुल्ला हुदाँहुदै गालिगलोज तथा कुटपिट सम्मको धम्की दिनु समग्र पत्रकार र पत्रकारिता पेशालार्इ नै अपमानित र अमर्यादित शव्द प्रयोग गर्नु निन्दनीय विषय हो भन्ने उल्लेख छ।

पत्रकारलार्इ धम्की दिने निज शिक्षक श्रेष्ठलार्इ कानूनी कारवाहीका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै डब्लुडब्लुजेले लक्षित वर्गको लागि प्राप्त खोपको दुरुपयोग गर्ने कार्यको छानविन गरी दोषीलार्इ कारवाही गर्न समेत माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर