काठमाडौं, २५ चैत । आज नेप्से परिसूचकमा ४५ अंकको वृद्धि भएको छ । हिजोको तुलनामा ४५.१२ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ८ सय २.५२ (१.६३ प्रतिशत)अंकमा उक्लेको छ ।

सो दिन कारोबारमा आएकामध्ये २५१ कम्पनीको मूल्य बढ्‍यो र १५ कम्पनीको मूल्य घट्यो र दुई वटाको स्थिर रह्‍यो ।

कुल ९८ हजार १ सय ६२ पटकको सेयर किनबेचमा १ करोड ८८ लाख १६ हजार ८ सय ८ कित्ता सेयर खरिदबिक्री भए ।
ती किनबेचमा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढेको हो ।
गत मंगलबार सेयर बजारमा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से ४५ अंकले बढेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर