काभ्रेपलाञ्चोक, २ असार । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।
उक्त जात्रा कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्ष पनि स्थगित गर्दै क्षमापूजा मात्रै गरिएको थियो ।
‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यो जात्रा जेठ शुक्ल पूर्णिका अवसरमा तीन दिनसम्म सञ्चालन गरी मनाइन्थ्यो ।
जात्रा यस वर्ष असारको १०, ११ र १२ गते जात्रा मनाइने तिथि परेको थियो ।
नगरप्रमुख भीमप्रसाद न्यौपानेले यस वर्षको पनौती जात्रा पनि जेठ पूर्णिमाका दिन क्षमा पूजामा मात्रै सीमित हुने बताउनुभयो ।