काठमाडौ, ३ फागुन । डार्ट फ्रग प्रजातिको भ्यागुताबाट निकालिएको विष प्रयोग गरी रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको हत्या गरिएको यूके र युरोपेली साझेदारहरूले बताएका छन्।

साइबेरियामा नभाल्नीको मृत्यु भएको दुई वर्षपछि ब्रिटेन र उसका साझेदारहरूले उनका शरीरबाट प्राप्त नमुनाहरूको विश्लेषणपश्चात् क्रेम्लिनमाथि सो आरोप लगाएका हुन्।

साइबेरियाको खार्प शहरमा अवस्थित आर्क्टिक सर्कल जेलमा राखिएका बेला नभाल्नीको मृत्यु भएको बताइएको थियो।

म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै यूकेकी विदेशमन्त्री यिभेट कूपरले भनेकी छन्, नभाल्नीलाई रुसमा जेलमा राखिएका बेला त्यस (विष) को प्रयोग गर्ने माध्यम, उद्देश्य र अवसर रुसी सरकारसँग मात्र थियो।

रुसी सरकारी समाचारसंस्था तासका अनुसार मस्कोले यूकेका अनुसन्धान नतिजालाई ूसूचना अभियानू को सङ्ज्ञा दिएको छ। यद्यपि कूपरले एपिबेटिडिन नामक विष भेटिएकोबारे अरू कुनै निचोड निकाल्न नसकिने उल्लेख गरिन्।

कूपरले अनुसन्धानको नतिजाहरू घोषणा गरिरहँदा यूके, स्विडन, फ्रान्स, जर्मनी र द नेदरल्यान्ड्सले एउटा संयुक्त वक्तव्य जारी गरे।

कूपरले नभाल्नीकी विधवासँग सुरक्षा सम्मेलनका क्रममा यसै सप्ताहान्तमा भेटेकी छन्।

ूरुसले नभाल्नीलाई एउटा खतराको रूपमा हेर्‍यो,ू कूपरले भनिन्। ूयस प्रकारको विषको प्रयोग गरेर रुसी राज्यले आफूसँग उपलब्ध रहेका घृणित साधनहरूको र राजनीतिक विपक्षीप्रतिको व्यापक भयलाई उजागर गरेको छ।ू

साइबेरियास्थित रुसी जेलमा राखिएका बेला नभाल्नीमाथि यो खतरनाक विषय प्रयोग गर्ने माध्यम, उद्देश्य र अवसर रुसी सरकारसँग मात्र थियो। नभाल्नीको मृत्युका लागि हामी रुसलाई जिम्मेवार ठहर गर्छौँ, संयुक्त वक्तव्यमा भनिएको छ।

दक्षिण अमेरिकामा पाइने डार्ट फ्रग प्राजितका भ्यागुताहरूमा एपिबेटिडिन नामक विष पाइन्छ।

ती भ्यागुताहरूले प्राकृतिक जीवनमा त्यस्तो विष उत्पादन गर्छन्। अनि रुसमा प्राकृतिक रूपमा त्यो विष पाइँदैन। ूनभाल्नीको शरीरमा त्यसको उपस्थितिबारे अरू कुनै सम्भावना छैन।ू

रासायनिक अस्त्र प्रतिबन्ध मामिला हेर्ने रुसी संस्थालाई त्यस्ता अस्त्रहरूको प्रतिबन्धसम्बन्धी महासन्धिको रुसबाट उल्लङ्घन भएको भनी जानकारी गराइएको यूकेको विदेश मन्त्रालयले जनाएको छ।

नभाल्नीको साहस को प्रशंसा गर्दै यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले सत्य बाहिर ल्याउने नभाल्नीको दृढ सङ्कल्पले एउटा विरासत छोडेको बताएका छन्।

रुसी खतरा र पुटिनका घातक उद्देश्यबाट हाम्रा जनता, हाम्रा मूल्यमान्यता एवम्‌ जीवनशैलीको रक्षाका निम्ति मैले हरसम्भव प्रयास गरिरहेको छु, स्टार्मरले भने।

यूके र उसका साझेदार मुलुकहरूका अनुसार एलेक्सी नभाल्नीलाई मार्न प्रयोग गरिएको एपिबेटिडिन नामक विष दक्षिण अमेरिकामा पाइने डार्ट फ्रग प्रजातिका भ्यागुताबाट पहिलो पटक निकालिएको थियो।

बीबीसी रुसी सेवासँग कुरा गर्दै एकजना विज्ञ जिल जोन्सनले कोही व्यक्तिलाई त्यो विष दिएर मार्नु अविश्वसनीय रूपमा दुर्लभ तरिका भएको बताएकी छन्।

नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए। उनले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए। उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि थिए।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए, तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।

नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्थे र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए।

सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए।

उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो।

साइबेरियामा भएको स्नायु एजेन्ट आक्रमणमा परेर आपत्कालिन उपचार गराइरहेको थाहा हुँदाहुँदै उनीमाथि यस्तो आरोप लगाइनु हास्यास्पद भएको उनका वकिलहरूले बताएका थिए।

उनले आफू लामो समयसम्म कोमामा रहेकोबारे अदालतलाई पनि जानकारी गराएका थिए। उनले आफूलाई चुप लगाउन आफूविरुद्ध ठगीको आरोप लगाइएको दाबी गर्दै आएका थिए।

उनलाई त्यसअघि एउटा अनियमितताको आरोपमा सन् २०१४ मा दोषी ठहर गरिएको थियो। तर उनलाई सुनाइएको सजाय पनि विवादित बनेको थियो।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर