काठमाण्डौं, २९ जेठ  । नेपाली कांँग्रेसको  १४ औं महाधिवेशन आगामी भदौं १६ गते देखि १९ गतेसम्म हुने भएको छ । यसअघि सो महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने काँग्रेको पूर्व निर्णय थियो ।

महाधिवेशनको मिति पर सार्ने निर्णय आज बसेको सो पार्टीको पदाधिकारीहरूको बैठकले गरेको हो । यो निर्णयले काँग्रेस केन्द्रिय समितिको बैठकबाट अनुमोदित भएपछि मात्र औपचरिकता पाउने छ ।

यो जानकारी समहामन्त्रीको डा. प्रकाशशरण महतले दिनुभएको हो ।

पदाधिकारीको आजको बैठकमा प्रस्ताव गरिए अनुसार, त्यस पार्टीका जिल्लाका अधिवेशन साउन ६ बाट सुरु हुनेछन् ।

ती अधिवेशन यही असार ७ गतेबाट हुने पूर्व निर्णय थियो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार, क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतका  प्रस्ताव आएको छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन छ ।त्यसलाई २४ असार भित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ ।

पदाधिकारीको आजको बैठक पश्चात् त्यस पार्टीका मुख्य सचिव कृष्णप्राद पौडेलले प्रेस विज्ञप्ति जारी गरी जनाए अनुसार काँग्रेसको केन्द्रिय समितिको बैठक आगामी असार ३ गते बस्दैछ ।

मुख्य सचिवको विज्ञप्तिमा उल्लेख छ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ असार ३ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर