अबुजा(नाइजेरिया), २१पुस । उत्तरपूर्वी नाइजेरियाको योबे राज्यमा डुङ्गा डुब्दाँ कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १४ जना अझै बेपत्ता रहेको नाइजेरियाका अधिकारीहरूले जनाएका छन् ।

योबे राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार घटना जिगावा राज्यको गाउँबाट योबे राज्यतर्फ जाँदै गरेको डुङ्गा पानीमा पल्टिएपछि भएको थियो भने डुङ्गामा ५२ जना यात्रु थिए ।

अधिकारीहरूका अनुसार १३ जना यात्रुहरूलाई जीवित उद्धार गरिएको छ र २५ जनाको शव बरामद गरिएको छ, भने १४ जना बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ ।

जिगावा राज्य प्रहरीले डुङ्गामा पानी चुहावटका कारण डुङ्गा पल्टिएको भन्दै घटना भएको पुष्टि गरेको छ ।

नाइजेरियामा यस अघि गत सेप्टेम्बरमा मध्य नाइजेरियाको नाइजर राज्यमा रूखमा ठोक्किएर ओभरलोड भएको डुङ्गा पानीमा डुब्दा कम्तीमा ६० जनाको मृत्यु भएको थियो । क्यूएनए

प्रतिक्रिया

सम्बन्धित खवर