काठमाडौं, २७ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५९ जनाको ज्यान गएको छ ।
यससँगै अहिलेसम्म ज्यान जानेहरुको संख्या ८२३८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा ५२९३ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
यससँगै विसेक हुनेको सँख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप ३७४९ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन् ।
उक्तसँख्या ९९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरबाट २८७४ जना र एन्टीजेटबाट ८७५ जनाबाट पुष्टि भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर