काठमाडौँ , २५ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १०८ जनाको ज्यान गएको छ ।
योसँगै कोरोनाबाट ज्यान जानेको संख्या ८०९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही समयावधिमा १२०६५ जनामा पीसीआर र ५६११ जनामा एन्टिजेन परिक्षण गर्दा ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै चौविस घण्टामा ६५७० जना संक्रमणबाट विसेक भएका छन् भने यससँगै विसेक हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर