काठमाडौँ, २४ जेठ । युवा पत्रकार प्रकाश बराइलीको शब्द रचनामा कोभिड–१९ सम्बन्धी ‘शोकले मरिन्छ कि भोकले’ नामक लोकगीत सार्वजनिक भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र पछिल्लो समय दोस्रो भेरियन्टका कारण देश आक्रान्त बनिरहेको, कोरोनाकै कारण धेरै नेपालीले अकालमै ज्यानसमेत गुमाइरहेका, कतिपय अझै पनि कोरोनासँग लडिरहेका, रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा लागू गरिएको र त्यसले जनतामा सिर्जना गरेको समस्यालाई गीतमा समावेश गरिएको छ ।

गीतमा गायक सुजन बराइलीको एकल आवाज छ । सो गीत भिडियोसहित युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा रमेशविक्रम रत्नको सङ्गीत रहेको छ भने रमेश सेञ्चुरीले सङ्गीत तथा मिक्सिङ गर्नुभएको छ । गीतको भिडियोमा पत्रकार बराइलीले नै निर्देशन तथा छायाङ्कन गर्नुभएको छ । गीतको वीरेन्द्र भाट बिपिनले सम्पादन गर्नुभएको छ । उक्त भिडियोमा मोडल शिवन पोखरेल र नारायण सारुको अभिनय छ । सो गीतलाई मल्लाजी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर