
काठमाडौँ, २९ असोजः जनमत पार्टीबाट विभाजित भई गठित जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधान, झण्डा, निर्वाचन चिन्हसहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो । सो पार्टीको अध्यक्षमा दीपककुमार साह रहनुभएको छ ।
उक्त पार्टीले ‘समृद्धि, सामाजिक न्याय र जनताको पूर्ण स्वशासन ९स्वराज०’ लाई आफ्नो वैचारिक नीति मान्दै नयाँ पुस्ताको व्यवहारिक समाधान र सहभागीमूलक राजनीतिक संस्कृति निर्माण गर्न कटिबद्ध रहेको जनाएको छ ।