
काठमाडौ, २९ असोज ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूबाट विशेष महाधिवेशन माग गर्दै आज कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाइएको छ ।
नेता गुरूराज घिमिरेका अनुसार उक्त हस्ताक्षर अपराह्न सवा ३ बजे केन्द्रीय कार्यालय सानेपा पुगेर बुझाइएको हो।
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
कांग्रेसभित्र मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने माग पनि भइरहेको छ।