काठमाडौँ,१९ जेठ । निर्वाचन आयोगले जसपार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सहितको निर्णयको प्रतिलिपी पेस गर्न पत्र पठाएको छ ।
अध्यक्ष ठाकुरले पार्टीले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनेर आयोगलाई पत्र पठाएपछि आयोगले सो अपुरो भयो भन्दै निर्णयको प्रतिलिपी पठाउन पत्र पठाएको हो ।
आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न पनि पत्र पठाएको छ ।