अमरगढी १७ जेठ । डडेल्धुरा अस्पतालमा कोरोना संक्रमणको उपचारत श्रीमानको मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छिन् ।
बाजुरा जिल्लाका सुरेश कठायतको मुत्यु भएपछि उनकी श्रीमती सरिताले अस्पताल नजिकको जङ्गलमा झुण्डिएर आत्महत्या गरेकी थिइन ।
बाजुरोको छेडेदह गाउँपालिका वडा नं.७ का २८ वर्षीय सुरेशलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको थियो ।
लामो समयको प्रेम सम्बन्ध पश्चात गत मङ्सिरमा विवाह भएको र पति वियोगको पीडा सहन नसकी आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर