काठमाडौँ, १७ जेठ ।  लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको  रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका  हुन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर