काठमाडौं, १५ भदौ। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएकाे हो ।

निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर