काठमाडौं १६ जेठ  ।  सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई विपक्षी गठबन्धनले आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको बैठकले सो आग्रह गरेको हो ।

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा   सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रहकासाथ  उनीहरुले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न चेतावनीसमेत दिएका छन् ।

संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा गठबन्धनले विश्वस्त  व्यक्त गरेको छ । संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा विपक्षी गठबन्धनको आह्वान  छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर