काठमाण्डौं, १६ जेठ । इङ्लिस फुटबल क्लब चेल्सीले यस सिजनको च्याम्पियन्स् लिगको उपाधि जितेको छ । गए राति भएको खेलमा उसले आफ्नै घरेलु टिम म्यान्चेस्टर सिटीलाई हराउँदै यो उपाधि जितेको हो ।

यो खेलमा चेल्सीका के हाभेरजले पहिलो हापको ४२ औं मिनेटमा गोल गरेका थिए । खेल भरिको यही एक गोल उपाधिको लागि निर्णायक बन्यो । त्यसपछि दुबै टिमले कुनै गोल गर्न सकेनन् ।

चेल्सीले च्याम्पियन्स् लिगको उपाधि जितेको यो दोस्रो पटक हो । यस अघि उसले २०१२ मा जितेको थियो ।

विजेता चेल्सी सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको थियो ।

सिटी पहिलो पल्ट यो लिगको फाइनलमा पुगेको हो । यसै सिजनको इङ्लिस प्रिमियर लिगको विजेता सिटी इतिहास रच्ने मौका भने पुरा गर्न सकेन । सिटी सेमि फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै फाइनलमा पुगेको थियो ।

यो फाइनल खेल पोर्चुगलको पोर्टो शहरस्थित इस्तादिओ दो द्रगाओ खेल मैदानमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर