पेरिस, २८ साउन । बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अगष्टको अन्त्यसम्ममा कुनै कूटनीतिक समाधान ननिस्केमा संयुक्त राष्ट्रसङ्घले तोकेको प्रतिबन्धलाई पुनः लागू गर्न तयार रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई लेखेको पत्रमा भनिएको छ, “तेहरानले समयसीमा पूरा नगरेसम्म इरानले आणविक हतियार विकास गर्न नपाओस् भन्ने सुनिश्चित गर्न तीनै युरोपेली शक्ति हरू हामीसँग भएका सबै कूटनीतिक उपकरणहरू प्रयोग गर्न प्रतिबद्ध छन्।
इ–थ्री समूहका विदेशमन्त्रीहरूले इरानसँग सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रतिबन्धलाई खुकुलो बनाउने ‘स्न्यापब्याक मेकानिजम’ लाई पुनः प्रयोग गर्ने चेतावनी दिएका छन् ।
अक्टोबरमा समाप्त हुने सम्झौताअन्तर्गत सम्झौताको कुनै पनि पक्षले प्रतिबन्धहरू पुनस्र्थापित गर्न सक्दछन्।
तीनै मुलुकले इरानले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायसँगको सहयोग स्थगन गर्ने चेतावनी दिएका छन् ।
इजरायलले गत जुनमा इरानसँग १२ दिने युद्ध सुरु गरेपछि इरानको आणविक क्षमता लाई ध्वस्त पार्ने प्रयास गरिएको थियो । युद्धको समयमा संयुक्त राज्य अमेरिकाले पनि इरानी आणविक केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो।
फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बेरोट, बेलायतका डेभिड लामी र जर्मनीका जोहान वाडेफुलले पत्रमा भनेका छन्, “हामीले स्पष्ट पारेका छौँ, यदि इरान सन् २०२५ को अगष्टको अन्त्यअघि कूटनीतिक समाधानमा पुग्न इच्छुक छैन वा म्याद थपको अवसरको फाइदा उठाउँदैन भने इ–थ्री ‘स्न्यापब्याक मेकानिजम’लाई गति दिन तयार छ ।
सन् २०१५ मा संयुक्त राज्य अमेरिका, चीन र रुससँग भएको संयुक्त बृहत कार्ययोजनामा तीनै देशले हस्ताक्षर गरेका थिए, जसले इरानलाई आणविक हतियारका लागि आवश्यक युरेनियमको संवद्र्धनलाई सुस्त बनाउन दुई परस्पर भिन्न सम्झौताको प्रस्ताव गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो कार्यकाल सन् २०१८ मा आफ्नो उक्त सम्झौताबाट अमेरिका बाहिरिएको र नयाँ प्रतिबन्ध लागु गरिएको घोषणा गर्नुभएको थियो ।
युरोपेली मुलुकहरूले सम्झौतामा अडिग रहने बताएका छन् । सन् २०१५ को सम्झौताअनुसार अनुमति प्राप्त स्तरभन्दा ४० गुणा बढी युरेनियमको भण्डार निर्माण गर्नेलगायत इरानले उल्लङ्घन गरेको मन्त्रीहरूको भनाइ छ ।
“इ–थ्री इरानको आणविक कार्यक्रमले निम्त्याएको सङ्कटको कूटनीतिक समाधानका लागि पूर्ण रुपमा प्रतिबद्ध रहेको छ र वार्ताको माध्यमबाट समाधानमा पुग्ने दृष्टिकोणका साथ निरन्तर प्रयास गरिरहेको छ ।
“हामी इरानद्वारा संयुक्त बृहत् आणविक कार्ययोजना ९जेसीपीओए० प्रतिबद्धताहरूको महत्त्वपूर्ण गैर–प्रदर्शनलाई सूचित गर्न तयार छौँ, इ–थ्री राष्ट्रले भनेका छन् ।
– सहयोगको अत्य –
अमेरिकाले इरानको आणविक गतिविधिलाई लिएर हतियार खोज्न अस्वीकार गर्दै आएको इरानसँग यसअघि नै सम्पर्क सुरु गरिसकेको छ ।
तर गत जुनमा इरानको आणविक केन्द्रहरूमा इजरायली आक्रमणका कारण यी कार्यहरू रोकिएका थिए।
आक्रमणअघि नै अन्तर्राष्ट्रिय शक्तिहरूले आइएईए निरीक्षकहरूलाई पहुँच नदिएकोमा चिन्ता व्यक्त गरेका थिए।
आक्रमणपछि इरानले आइएइएसँगको सबै सहयोग रोकेको थियो, तर उसले घोषणा गरेको थियो कि एजेन्सीका उपप्रमुख तेहरानमा नयाँ सहयोग सम्झौतामा वार्ताका लागि आउने अपेक्षा गरिएको थियो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले गत महिना संयुक्त राष्ट्रसङ्घलाई पत्र लेख्दै युरोपेली मुलुकलाई प्रतिबन्ध फर्काउने कानुनी अधिकार नभएको बताएका थिए ।
युरोपेली मन्त्रीहरूले यो आरोपलाई ‘निराधार’ भनेका छन्।
उनीहरू जेसीपीओए हस्ताक्षरकर्ताको रूपमा संयुक्त राष्ट्रसङ्घको प्रस्तावका ‘सान्दर्भिक प्रावधान’हरू प्रयोग गर्न स्पष्ट रूपमा कानुनको न्यायोचित प्रयोग गर्न सहमत हुनेछन् ।
उनीहरूले भनेका छन्, “इरानको धारणा परिवर्तन नभएमा इरानी संवर्धनलाई निषेध गर्ने संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरू पुनस्र्थापित गर्ने संयुक्त राष्ट्रसङ्घीय उपाय अवलम्बन गर्न र प्रतिबन्धहरू पुनः लागू गर्न सहमति दिन बाध्य हुनेछन्।”एएफपी
