काठमाडै, १४ जेठ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आज भएको बहसको सुरुमा अधिवक्ता गोविन्द शर्मा बन्दीले न्यायाधीशमाथि प्रश्न उठाउनुभएको छ ।
वहसको क्रममा अधिवक्ता वन्दीले न्यायाधीश बमकुमार श्रेष्ठका सम्वन्धमा प्रश्न उठाउनुभएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजदेखि सुरु भएको हो ।

अधिवक्ता शर्माले नेपाल कम्युनिष्ट पार्टीको नामसँग जोडिएको मुद्दामा न्यायाधीश श्रेष्ठसहितको इजलासले फैसला गरेकाले उहाँले यस इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाउनुभएको थियो ।
अधिवक्ता शर्माले सो प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशका विषयमा कुनै प्रश्न नउठाउन आग्रह गर्नुभएको थियो ।

न्यायाधीश श्रेष्ठ र कुमार रेग्मीको गत फागुन २३ को संयुक्त इजलासले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बदर गर्दै नेकपा नाम ऋषिराम कट्टेलको पार्टीको हुने फैसला गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर