फ्र्याङ्कफर्ट, जर्मनी, २ साउन । जर्मनीमा शुक्रबार कारबाहीमा अपराधका लागि दोषी ठहरिएका ८१ जना अफगानी पुरुषलाई उनीहरूको मातृभूमितर्फ निर्वासित गरिएको छ ।

आन्तरिक मन्त्री अलेक्जान्डर डोब्रिन्डले अफगानीहरु बोकेको विमान भर्खरै उडेको र तिनीहरू सबैलाई निष्कासन आदेश अन्तर्गत आपराधिक न्याय प्रणालीद्वारा दोषी ठहर गरिएको बताउनुभएको छ ।

सन् २०२१ तालिबान सत्तामा फर्किएपछि जर्मनीले अफगानिस्तानमा निर्वासन रोकेको थियो र काबुलमा आफ्नो दूतावास बन्द गरेको थियो ।

बर्लिनले यस घटनाको सन्दर्भमा तेस्रो पक्षमार्फत तालिबान अधिकारीहरूसँग मात्र अप्रत्यक्ष सम्पर्क गरेको बताएको छ ।

जर्मनीमा अति राष्ट्रवादी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी (एएफडी)’ को उदयपछि आप्रवासन प्रमुख मुद्दा भएकाले निष्कासन पुनः सुरु गर्ने बहस हुँदै गएको छ ।

यसअघि सोसल डेमोक्र्याटिक पार्टीका तर्फबाट नेतृत्वमा आएका चान्सलर ओलाफ स्कोल्जको सरकारले सन् २०२४ अगस्ट मा तालिबान सत्तामा फर्किएपछि पहिलो पटक अपराधका लागि दोषी ठहरिएका २८ अफगानहरूको समूहलाई निष्कासन गरेको थियो ।

शुक्रबारको कार्बाही कतारको सहयोगमा गरिएको जनाउदै जर्मन आन्तरिक मन्त्रालयले यस्तो निष्कासन आगामी दिनमा पनि जारी राख्ने बताएको छ ।एएफपी

 

प्रतिक्रिया

सम्बन्धित खवर