काठमाडौं, ९ जेठ । प्रतिनिधिसभाको विघटन निरंकुश र अधिनायकवादी डकैती भएको भन्दै पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदम विरुध्द आआफ्नो ठाउँबाट प्रतिरोध गर्नका लागि सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा अपिल गरेको छ ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै घोर भत्सर्ना गरेका हुन ।

संसद विघटनविरुद्ध एकजुट भर्इ आआफ्नो ठाउँबाट प्रतिरोध गर्नका लागि सम्पूर्ण विद्यार्थी तथा आम जनसमुदायमा सात संगठनले अपिल गरेको छ ।

संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिंदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको विघटन भएको भन्दै विज्ञप्तिमा संसद् विघटन संविधानमाथि प्रहार भएको र सरकार स्वेच्छाचारी बनेको उल्लेख छ ।

संसद विघटनको घटनाले वर्तमान सरकार असफल भएको प्रमाणित भएको पुष्टि हुन्छ विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारीको समयमा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठ भएको भन्दै विद्यार्थी संगठनहरुले घोर भत्सर्ना गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर