चितवन, ५ जेठ । गैँडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका–९ बिसहजारी सडक क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने दुवै जना पुरुष रहेको उहाँले बताउनुभयो । उनीहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको नयाँ गोरख गणको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथी अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानमा रहेका उनीहरुको नाम गोप्य राखिएको छ ।
