काठमाडौँ, ८ जेष्ठ । नेकपा(एमाले)की नेतृ रामकुमारी झाँक्रीले हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ तर खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु हाम्रो केही लागेन भन्नुभएको छ ।
नेतृ झाँक्रीले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सो वताउनभएको हो ।
सो सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराज र राष्ट्रपति विद्यादेवी भण्डारालाई महारानीको संज्ञा दिँदै उहाँले भन्नुभएको छ यस्तो बेला (महामारीका वेला) चाहिएको छ महाराज महारानीलाई चुनाव ?
सञ्जालमा उहाँले डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसियु भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ । यो सत्ताको अपराधिकरण हो । जनताले हिसाबकिताब त पक्कै राख्नेछन् भन्नुभएको छ ।
उहाँको धारणा जस्तातस्तै
एउटा अँध्यारो युगको सुरूवात
हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन।
यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसियु भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ । यो सत्ताको अपराधिकरण हो । यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव ? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।