काटमाठौ, २९ चैत । काठमाडौको तीनकुनेको हिंसात्मक घट गराएर फरार भएका दुर्गा प्रसाईंलाई पक्राउ गरी आज काठमाडौं ल्याइएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर विमानमार्फत काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
उनलाई हतकडी लगाइएको थियो । प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी गरिएको छ ।
