मेरिल्याण्ड, २६ बैशाख । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ ।

मृतक नेपाली हालसालै साउथ क्यारोलाइनाबाट बाल्टिमोर आएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका बानाका अध्यक्ष सुबोध विलास पन्तलाई उद्दृत गर्दै सांसद ह्यारी भण्डारीले जनाएका छन् । मृतक नेपाली संखुवासभाका रहेको जनाइएको छ ।

घटनामा सर्लाहीका अर्का एकजना नेपाली समेत घाइते भएको जनाइएको छ । उनी सन् २०१७ मा अमेरिका आएको जनाइएको छ । बन्दुकधारी अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्यान बचाएको जनाइएको छ ।

बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।आगलागीका कारण एक नेपालीको घर पूर्णरुपमा धवस्त भएको छ भने त्यहा कम्तिमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर