इजरेल, १० मंसीर । यूएईमा हराइरहेका एकजना यहुदी धर्मगुरु रबाइको हत्या भएको भन्दै इजरेलले उनका हत्यारालाई खोजी गरिररहेको जनाएको छ।
आइतवार ती रबाइको शव फेला परेको खबरपछि प्रधानमन्त्री कार्यालयले भनेको छ “तिस्भी कोगानको हत्या एक यहुदी विरोधी फौजदारी आतङ्कवादी घटना हो। इजरेलले यस मृत्युमा जिम्मेवार सबै अपराधीहरूलाई आफ्नो सबै सामर्थ्य लगाएर न्यायको दायरामा ल्याउनेछ।”
उक्त हत्यासँग जोडेर तीन जना मानिसहरूलाई पक्राउ गरिएको यूएईको आन्तरिक मामिला मन्त्रालयले आइतवार साँझ पुष्टि गरेको छ।
रबाइ कोगान अर्थोडक्स यहुदी संस्था हबाद लुबाभित्सका एकजना प्रतिनिधि हुन्।
गत बिहीवारदेखि उनी बेपत्ता भएपछि इजरेली गुप्तचर निकाय मोसाद र यूएईका अधिकारीहरू खोजतलासमा लागेका थिए।
इजरेलले जारी गरेको विज्ञप्तिमा आफ्ना अधिकारीहरू ती इजरेली मोल्डोभान नागरिकका परिवारसँग उनी बेपत्ता भएदेखि नै सम्पर्कमा रहेको जनाइएको छ।
तिस्भी कोगानको घरभन्दा एक घण्टा पर गाडी चलाएर पुगिने दूरीमा उनको अलपत्र कार फेला परेपछि उनको शवको पत्तो लागेको हो।
इजरेली राष्ट्रपति आइज्याक हर्गजले उनको हत्यालाई एउटा घृणित, यहुदी विरोधी हमला बताए।
मोसादका अनुसन्धानकर्ताहरूले रबाइको मृत्युमा जिम्मेवार मानिसहरूको पहिचान गर्न लागिपरेका छन्।
हबाद एक धार्मिक फाउन्डेसन हो। त्यसले कतै नढल्किएका र निरपेक्ष वा यहुदी धर्मका अन्य हाँगाबिँगा समूहसँग सम्बन्ध कायम राखिराख्न खोज्छ।
उक्त समूहको यूएईमा रहेको शाखाले हजारौँ यहुदी यात्रु र बासिन्दाहरूलाई सघाउने उसको वेबसाइटमा उल्लेख छ।
ु२८ वर्षीय रबाइ कोगान अन्य हबाद प्रतिनिधिहरूसँग मिलेर उक्त एमिरेट्समा यहुदी जीवनको स्थापना र विस्तारको काम गरिरहेको उक्त सङ्गठनले जनाएको छ।
इजरेली सेनामा काम गरिसकेका उनले दुबईमा कोशेर सुपरमार्केट समेत व्यवस्थापन गर्ने गर्थे।
हबाद लुबाभित्सका अध्यक्ष रबाइ यहुदा क्रिन्स्कीले भने हामीलाई त्यस क्षेत्रका देशहरूसँग मिलेर काम गर्दै यूएईले दोषीलाई न्यायको दायरामा ल्याउँछ र यो प्रस्ट रूपमा दृष्ट कार्यमा संलग्न सबैलाई जिम्मेवार बनाउँछ भन्नेमा विश्वास छ।
इजरेली सरकारले एउटा यात्रा सजगता सूचना जारी गर्दै आफ्ना नागरिकहरूलाई अत्यावश्यक कारणबाट युएई यात्रा नगर्न भनेको छ।
इजरेलले युएईमा आतङ्कवादी गतिविधि रहेको र त्यसले उक्त देशमा बस्ने र पुग्ने इजरेलीलाई वास्तविक रूपमा खतरामा पार्ने जोखिम रहेको जनाएको छ।
अब्राहम सम्झौताका रूपमा परिचित अमेरिकाले मध्यस्थता गरेको एक सम्झौता अन्तर्गत अबुधाबीले इजरेलसँग औपचारिक सम्बन्ध स्थापना गरेको थियो।
गाजामा इजरेल(हमास युद्ध जारी रहँदा समेत उसले द्विपक्षीय सम्बन्ध कायम राखेको छ। बिबिसी