काठमाडौँ, १३ कार्तिक । आज नेप्से सूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेको छ।
आजै नेप्सेसंगै कारोबार रकम पनि बढेको छ। आज ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ बराबरको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३.६० प्रतिशतले बढेको छ भने होटल उपसमूहको सूचक २.७७ प्रतिशतले बढेको छ।