काठमाडौं, ७ कात्तिक। नेप्से परिसूचक २०.४१ अंक अर्थात् ०.७६ प्रतिशत घटेर नेप्से २६४५ अंकमा कायम भएको छ ।

यसैगरी अघिल्लो दिन ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २७ करोडको भएको छ । कुल ७६ कम्पनीको मूल्य बढ्दा १५५ को घट्यो भने १३ को स्थिर रह्यो । नेप्से ०.७६ प्रतिशत घट्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.७० प्रतिशत घट्यो ।

विकास बैंक ०.६५, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन ०.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.४३, अन्य समूह ०.४५ प्रतिशत घटे । ब्यापार ०.२५ र फाइनान्स समूह २.३२ प्रतिशत बढे ।

आईसीएफसी फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.९३, मञ्जुश्री फाइनान्सको ६.६७ तथा साहस ऊर्जाको ५.८ प्रतिशत मूल्य बढ्यो ।

माहुली लघुवित्तको मूल्य ४.२८ प्रतिशत घट्यो । हिमालयन बैंकको ४.०७, सिटिजन्स बैंकको ३.९७, ग्रीन भेन्चरको ३.९३ तथा प्रभु बैंकको ३.८८ प्रतिशत मूल्य घट्यो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३.६, सानिमा बैंकको ३.०३, कृषि विकास बैंकको २.९४, कुमारी बैंकको २.८६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, कुमारी बैंक, साहस ऊर्जा, समृद्धि फाइनान्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर