काठमाडौ, ३० असोज । आज नेप्से बढेर २७४२.८८ विन्दुमा पुगेको छ। हिजो ३१ अंकले बढेको बजार आज ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७३७ रुपैयाँ बराबरको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ।

आज विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्ट्रन पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ। यता गरि स्यांगे हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतल घटेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर