काठमाडौ, २९ असोज । आज नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ अंकमा पुगेको छ। आज उत्पादनबाहेक सबै क्षेत्रका सूचकमा सुधार देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। उत्पादन समूह ०.२२ प्रतिशत घट्यो। फाइनान्स सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत, बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बिमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकम भने दसैं अघिको तुलनामा घटेको छ। दसैं विदाअघि ३ अर्ब ७६ करोड भएकोमा मंगलबार ३ अर्ब ६ करोड रुपैयाँको मात्र कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार ६४ लाख १७ हजार २६७ सेयर किनबेच भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर