काठमाडौ, ११ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलमा पक्राउ गरिएको छ ।
इन्टरपोलको रेड नोटिस परेका उनी इमेज सहकारी ठगी मुद्दामा फरार रहेका थिए ।
इन्टरपोलसँगको समन्वयमा पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले बतानुभयो ।
एक हजार ४८१ बचतकर्ताको उजुरीका आधारमा प्रहरीले एक अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै सरकारी वकिलको कार्यालयमार्फत ०८० असारमा मेयर नेपालीसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो। यो मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन छ।