काठमाडौ, ३ असोज । संसदीय सुनुवाइ समितिको आज वसेको बैठकले प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ।
बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको पछि निर्णय हुने समितिले जनाएको छ।

उक्त निर्णयमा रास्वपाका डोलप्रसाद अर्यालले उच्च नैतिक चरित्र नदेखिएकाले नियुक्त गर्न नहुने भन्दै दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्रा. कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रा.धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित डा.नेत्रप्रसाद तिम्सिनाको विषयमा फरक मत राख्नुभएको छ ।
यसैगरी, जसपा नेपालका प्रकाश अधिकारीले पनि डा.शंकरप्रसाद शर्मा (भारत), प्रा.कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), प्रा.धनप्रसाद पण्डित (इजरायल) र नेत्रप्रसाद तिम्सिना (मलेसिया)को निर्णयमा फरक मत राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर