वुटवल,२० वैशाख । अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ गराएको विरोधमा चार राजनीतिक दलले कानूनी लडाइ लड्ने भएका छन् ।
नेपाली काँग्रेस, मओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आज बुटवलमा संयुक्त पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
ती राजनीतिक दलले लुम्बिनी प्रदेशमा अल्पमतको मुख्यमन्त्री शंकर पोखरेललाई अस्वीकार गर्ने पनि वताएको छ ।

चार दलले ४२ जनाको बहुमतको हस्ताक्षरसहित सरकारको दाबी पेश गरेको अवस्थामा ३७ मत रहेका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक कदम र लोकतान्त्रिक मूल्य र पद्धतीविरुद्ध भएको भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर