
काठमाडौं, २० वैशाख । सरकारले कोरोना महामारीको कारण नेपालका सबै आन्तरिक तथा बाहृय उडान बन्द गर्ने भएको छ ।
सरकारको निर्णय अनुसार आन्तरिक उडानहरू आज वैशाख २० गते राति १२ बजेबाट लागू हुने गरी बन्द हुनेछन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानहरू भने यही वैशाख २३ गते राति १२ बजेबाट लागू हुने गरी बन्द हुने छन् । अन्यत्रका वाह्य उडान बन्द भए पनि भारतमा भने सातामा दुई उडान कायमै हुनेछन् । त्यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।
हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
यसखाले उडान बन्द हाललाई वैशाख मसान्तसम्म कायम रहनेछ ।
तर अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।