जनकपुरधाम, १८ वैशाख । एक युवकलाई आफ्नै श्रीमती र भाइले मिलेर हत्या गरेका छन् ।
धनुषा जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई शुक्रवार मध्यरातमा घरेलु हतियार चक्कु प्रहार गरी हत्या गरेका थिए ।
श्रीमती सुशीलादेवी मण्डल र भार्इहरू जय मण्डल र अनिल मण्डलले हत्या गरी फरार भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृतक मण्डलको घाँटी र शरीरका विभिन्न भाग काटिएको छ ।
श्रीमती सुशीलाको आफ्नै देवरसँग अवैध सम्बन्ध रहेको र श्रीमान्ले थाहा पाएपछि घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
मृतक मण्डलको शव पोस्टमर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा राखिरएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर