काठमाडौं, २८ असार । प्रतिनिधिसभाको आजकोवैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डव्दारा प्रस्तुत विश्वासको मतको प्रस्तावलाई बहुमतले अस्विकार गरेको छ ।
उक्त निर्णयसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनुभएको छ ।

नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत माग्नुभएको थियो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक छ । वैठकमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो भने उहाँको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर