काठमाडौ, २० असार । निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस कृष्णमान प्रधानविरुद्व आएका उजुरीका सम्बन्धमा थप अध्ययन गर्नुपर्ने भन्दै संसदीय सुनुवाइ स्थगित भएको छ।

शुक्रबारलाई निर्धारण गरिएको सो सुनुवाइ स्थगित गरिएको समिति सदस्य महेश बर्तौलाले बताउनु भयो ।

समितिले आज चारजना उजुरीकर्तामध्ये उपस्थित तीन जनासँग छलफल गरेको एक जना भने उपस्थित हुनु भएन।

प्रधानबाट यौन हिंसामा परेकी पीडित महिला पनि समितिमा उपस्थित हुँदै आफूमाथि प्रधानले गरेको हिंसाका बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर