काठमाण्डौं, १५ बैशाख । गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना भाइरस संक्रमण भएको छ ।

प्रदेशको हिजो मंगलबारको बैठकमा सत्तारुढ दल एमालेका सांसदले कोरोना परीक्षण गर्न माग गरेपछि सांसदहरू सबैको स्वाब लिएको थियो।

उक्त स्वाब परीक्षण गर्दा ३ जना सांसदको रिपोर्ट पाजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले आज जानकारी दिनुभएको हो।

तर उहाँले संक्रमित सांसदको नाम भने खुलाउनु भएन ।

प्रदेश सभाको यो विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ विरुद्धको अविश्वास प्रस्ताउपर छलफल भैरहेको छ । छलफलमा उठेका प्रश्नको जवाफ मुख्यमन्त्री दिएपछि  मतदानको कार्यक्रम अघि बढ्छ।

सम्भवत आजै मतदान हुनेछ ।

मतदनमा कोरोना संक्रमित सांसदलाई मतदान गर्न छुट्टै व्यवस्था मिलाउने तयारी सचिवालयले गर्दै गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर