काठमाडौँ, १४ असारः    भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।१० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

  योसँगै टीम इन्डिया फाइनलमा प्रवेश गरेको छ र अब उसले उपाधि भिडन्तमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । भारतले सन् २०२२ को विश्वकपको सेमिफाइनलमा पराजयको हिसाब पनि मिलाएको छ । दुई वर्षअघि इंग्ल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । १७२ रनको लक्ष्य पछ्याउँदा इंग्ल्याण्डका ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् ।

इंग्ल्यान्डको आधा टोली ५० रनमै आउट भएपछि भारतको जित औपचारिकता मात्रै रह्यो । इंग्ल्याण्डको टोलीले पूरा २० ओभर पनि खेल्न सकेन र १०३ रनको स्कोरमा अलआउट भयो।लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो । भारतका लागि कुलदीप यादव र अक्षर पटेलले सर्वाधिक ३–३ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर