काठमाडौँ, १३ वैशाख । नेकपा एमालेका माधव नेपाल–झलनाथ खनाल पक्षका नेताहरूलाई गरिने भनिएको कारवाही हाललाई स्थगित गरिएको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा हिजो भएको बैठक र त्यसअघि बसेको स्थायी कमिटीको बैठकमा सो कारवाही हाललाई स्थगन गरिएको हो ।
वैठकमा नेपाल खनाल समूहका नेताहरूलाई कारवाही गर्ने कि नगर्ने भन्नेबारेमा विवाद उत्पन्न भएपछि अध्यक्ष केपी ओलीको सुझाव अनुसार स्थगन गरिएको वताइएको छ ।
महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठकमा कर्णाली प्रदेशजस्तै केन्द्रमा पनि फ्लोर क्रस हुनसक्ने भन्दै कारबाही गर्नु पर्ने धारणा आएको थियो ।
अध्यक्ष ओलीले नेपाल खनाल समूहले भविष्यमा कस्तो कदम चाल्दछन् त्यसलाई हेरी कदम चाल्ने हो अहिलेलाई यो विषय यही स्थगन गरौं भन्नुभएको थियो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीमा समानान्तर गतिविधि र पार्टी निर्देशन उल्लंघन गरेको, अनुशासनहीन काम गरेको आरोप लगाउँदै वैशाख ६मा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोध्नुभएबमे
थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर