काठमाण्डौं, १३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्धको अविश्वास प्रस्ताव प्रदेश सभाको बैठकमा टेबुल भएको छ।
नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज सोमबार प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल गर्नुभएको हो। नेपालीको नाम मुख्यमन्त्रीमा प्रस्तावित छ ।
मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्ताव यही वैशाख २ प्रदेश सभा सचिवालयमा दर्ता गतेभएको थियो।
चलिरहेको प्रदेश सभा अधिवेशन अविश्वास प्रस्ताव आउने भएपछि वैशाख १ गते राति अचानक अन्त्य गरिएको थियो ।
नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
चित्रबहादुर केसीको जनमोर्चाले अविश्वासको पक्षमा मतदान गर्ने जनाएको छ । सो प्रदेशमा यो पार्टीका ३ जना सांसद छन् । गण्डकीमा ६० जना सभा सदस्य छन् । मुख्यमन्त्री हटाउन र बनाउन बहुमत सदस्यको समर्थन चाहिन्छ ।
अब सांसदहरूले त्यस प्रस्ताव उपर छलफल गर्नेछन् र त्यसपछि निर्णयको लागि मतदन हुनेछ ।
