
काठमाण्डौं, २१ जेठ । कुण्डलिनी डेन्टल क्लिनिक प्रा. लि. ले बालबालिका र बृद्धबृद्धालाई उपचार सेवामा विशेष छुटको व्यवस्था गरेको छ ।
क्लिनिकले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा यही जेठ १९ गते यस्तो घोषणा गरेको हो । यो अवसरमा कुण्डलिनीले रक्त दान तथा दन्त शिविर कार्यक्रम सन्चालन गरेको थियो ।
कार्यक्रम चक्रपथको चप्पल कारखाना चोक, काठमाडौं-४ स्थित क्लिनिकको प्राङ्गणमा आयोजना गरिएको थियो ।
नेपाल रेड क्रस सोसाइटीको सहयोगमा सम्पन्न सो सेवामूलक कार्यक्रममा २६ जना दाताहरुले रक्तदान गर्नुभएको र ७४ जनाले निशुल्क दन्तपरामर्श लिनु भएको जानकारी क्लिनिकका प्रबंध निर्देशक डा. नितिन अर्यालले दिनु भयो ।
रक्तदान तथा दन्त शिविरमा सहभागी भई सहयोग गरी दिनु भएकोमा क्लिनिकले सम्पूर्ण दाताहरु, सहभागीहरू, पाहुनाहरु, नेपाल रेड क्रस सोसाइटी तथा ब्लड डोनर्स एशोसिएसन नेपालको केन्द्रीय कार्यसमितिको उपाध्यक्ष श्री राजेश श्रेष्ठलाई क्लिनिकले धन्यवाद दिन दिएको छ ।
मेडिकल, ईन्जिनियरिङ्ग तथा अन्य क्षेत्रमा संलग्न अनुभवी एवं मनकारी युवाहरुद्वारा गुणस्तरीय दन्त सेवा प्रदान गर्ने उद्देश्यले २०८० जेठ १४ गतेदेखि कुण्डलिनी डेन्टल क्लिनिक सञ्चालित छ ।
सो क्लिनिकमा दन्त सम्बन्धी सम्पूर्ण समस्या तथा रोगहरुको परामर्श र स्तरीय उपचार हुने जानकारी क्लिनिकका प्रबंध निर्देशक डा. अर्यालले दिनु भयो ।